काठमाडौं। जनता समाजवादी पार्टी ९जसपा० मा अध्यक्ष उपेन्द्र यादवको पक्षमा बहुमत पुगेको छ । पार्टीको माथिल्लो निकाय कार्यकारिणी समितिमा यादवका पक्षमा ३४ जनाले हस्ताक्षर गरेसँगै बहुमत पुगेको हो ।
सोमबार निर्वाचन आयोगले हस्ताक्षर परीक्षणका लागि बोलाएकामा यादवका पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेका हुन् । अर्का अध्यक्ष महन्थ ठाकुर भने अल्पमतमा परेका छन् ।
आफ्ना पक्षमा बहुमत सदस्यको समर्थन जुटाएलगत्तै अध्यक्ष यादवले अब पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने जानकारी दिनुभयो । निर्वाचन आयोगमा गरिएको कार्यकारिणी सदस्यको हस्ताक्षरमा आफ्ना पक्षमा अत्यधिक बहुमत जुटेको पनि उहाँले जिकीर गर्नुभयो।
यादवले आफूहरुले अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई घोक्र्याएर हटाउन नचाहेको भन्दै ठाकुर पक्षले आत्मालोचना गरेमा पार्टीले बिचार गर्नसक्ने टिप्पणी पनि गर्नुभयो । त्यसका लागि विगतका गलत प्रवृत्ति सच्याउनुपर्ने र आत्मालोचना गर्नुपर्ने उहाँको शर्त छ ।
ठाकुर लगायतले प्रतिगमनकारीलाई साथ दिनु पार्टीको नीति र सिद्धान्तविपरित भएको अध्यक्ष यादवको भनाइ थियो ।
पूर्वपर्ती प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा सत्ता विघटन र त्यसलाई हर्ने दृष्टिकोणमा विभाजित यादव र ठाकुर पक्ष अन्ततः पार्टी विभाजनकै अवस्थामा पुगेका छन् ।
यादव पक्ष संसद पुनर्स्थापनाका लागि अदालत जाँदा ठाकुर पक्ष भने तटस्थ बसेको थियो । यद्यपि, अदालतले संसद पुनर्स्थापना गरिदिएपछि भने ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया