महाकाली नदी किनारमा महिलाको शव फेला

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै स्थित महाकाली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

मंगलवार (आज) मध्यान्ह १२ बजेतिर अन्दाजी ३०÷३५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गस्तीमा खटिएको प्रहरी टोलीले नदी किनारमा महिलाको शव देखेको थियो । त्यसपछि प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीको नेतृत्वमा टोली परिचालन भई घटनास्थल मुचुल्का तयार गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

शव महाकाली नदीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । मृतक महिलाको पहिचान खुलिनसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?