दार्चुलामा यार्सागुम्बासहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा ३ किलोग्राम यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । ब्याँस गाउँपालिका वडा नम्बर ३ सिनाका २४ वर्षीय ग्रेससिंह कुँवरलाई अवैध यार्सागुम्बासहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

पक्राउ परेका कुँवरसगँ यार्सा संकलन पुर्जी पनि नभेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध यार्सागुम्बा र कुँवरलाई अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयमा बुझाएको सुचना अधिकारी चन्दले बताउनुभयो ।

प्रहरीले साउन ८ गते मात्रै अवैध यार्सागुम्बा सहित एक महिलालाई पनि पुलघाट स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?