दार्चुला । २०४८ सालमा दार्चुला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित पूर्व सांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा निधन भएको छ।
२०४७ मा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट २०४८ को आमनिर्वाचनमा निर्वाचित सांसद सिंहको शुक्रबार विहान निधन भएको हो ।
सो समयमा राप्रपाबाट सांसद निर्वाचित हुनु चानचुने विजय थिएन्। २०४६ को परिवर्तनको राप, ताप र परिवर्तनकारी शक्तिका उन्मादका बीच जन्मिएको नवोदित पार्टी राप्रपाप्रति जनअनुमोदन र भविष्यमा पार्टी बन्नेछ भन्ने आशा, भरोसाको विजय थियो।
मार्मा गाउँपालिका वडा नम्बर ३ घर भइ हाल काठमाण्डौँमा बस्दै आउनुभएका सिंहको निधनप्रति विभिन्न दलका नेता, कार्यक्रता र शुभचिन्तकहरुले दुख व्यक्त गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया