व्यास गाउँपालिकाद्धारा पिडित परिवारलाई क्षतीपुर्ती र एसएसबीलाई कार्वाही माग

दार्चुला । व्यास गाउँपालिका वडा नम्बर २ मालका ३३ वर्षीय जयसिह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन फुकालिदिदा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएपछि व्यास गाउँपालिकाले आपत्ती जनाएको छ ।

व्यास गाउँपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीद्धारा हस्ताक्षरीत व्यास गाउँपालिकाको एक पत्रमार्फत दोषिमाथि कार्वाही र पिडित परिवारलाई क्षतीपुर्तीको माग गरिएको छ ।

व्यास गाउँपालिका वडा नम्बर २ र ३ का वडा अध्यक्ष लगायत स्थानीयहरुले आइतबार दार्चुला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरि भारतीय एसएसबीले नै तुईनको डोरी फुकालेका कारण जयसिह धामी महाकालीमा बेपत्ता भएको बताउदै एसएसबीलाई कार्वाहीको माग गर्नुका साथै पिडित परिवारलाई क्षतीपुर्तीका लागि अनुरोध गरेका छन् ।

प्रत्यक्षदर्शीले तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको बताएका थिए । महाकालीमा बेपत्ता भएका धामी अहिलेसम्म फेला परेका छैनन् । उहाँको मृत्यु भइसकेको आशंकामा आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

व्यास गाउँपालिकाद्धारा जारी पत्रमा भनिएको छ, भारतीय सुरक्षा निकायका जिम्मेवार जवानहरुबाट भएको हत्याको खबरले हामी स्तब्ध, दुखि एबं आक्रोशित भएका छौँ । मानव अधिकारका सम्पूर्ण मूल्य मान्यताहरुको उल्लङघन हुने यस्ता अमानविय र जघन्य अपराधको घोर निन्दा र भत्सना गर्दछौँ । यथासिघ्र बेपत्ताको खोजि गरि पिडित परिवारलाई उचित क्षतीपुर्ती, मृतकका बालबालिकाको शिक्षाआर्जन र पालनपोषण सुनिश्चित गर्न, घटनाको वास्तविक सार्वजनिक गर्न र आफ्ना नागरिकलाई न्याय दिलाउन उच्चस्तरिय कुटनितिक पहलमार्फत घटनामा संलग्न भारतीय अधिकारीलाई कारवाहीको पहल गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछौँ । तुइन काटेर निर्दोश व्याक्तिको हत्या गर्नु अन्तराष्टिय फौजदारी अपराध भएको व्यास गाउँपालिकाको ठहर छ ।

विगत लामो समयदेखि तुइनमार्फत आवतजावत गर्दा हुँदै आएका मानविय क्षती र भारत माथिको परनिर्भरता अन्त्य गर्न दार्चुला तिकंर सडक निर्माण कार्य र ठेक्का भइसकेका मलघट्टे र मालघाटका झोलुगें पुलहरु यथासिघ्र सम्पन्न गर्न व्यास गाउँपालिकाले माग गरेको छ ।

हेर्नुहोस व्यास गाउँपालिकाले सार्वजनिक गरेको पत्र

सायद पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?