दार्चुला मालपोतमा एक करोड बढी राजस्व संकलन

दार्चुला । दार्चुलामा गत आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि असार मसान्तसम्म १ करोड बढी राजस्व संकलन भएको छ।

मालपोत कार्यालय दार्चुलाले एक वर्षको अवधिमा १ करोड ३४ लाख ७४ हजार ४१६ रुपैँया राजस्व संकलन गरेको हो। मालपोत कार्यालय दार्चुलाका अनुसार घरजग्गा लिखत रजिष्ट्रेसन शुल्क मात्रै ७४ लाख ६९ हजार ४१२ संकलन भएको छ। त्यस्तै न्यायिक दस्तुर तर्फ २ लाख ६० हजार ३०१ रुपैँया, रोक्का दस्तुर तर्फ ९२ हजार, सेवा शुल्क अन्य प्रशासनिक दस्तुर तर्फ ७८ हजार १७ रुपैँया राजस्व संकलन भएको छ।

कार्यालयले गत आर्थिक वर्षको साउनमा ३ लाख ४४ हजार ७३६, भदौमा ५ लाख ५७ हजार ३७२, असोजमा १२ लाख १९ हजार, कार्तिकमा १४ लाख १८ हजार २५८, मंसिरमा १० लाख २२ हजार १०, पुस पहिनामा २१ लाख ३६ हजार १६२ र माघमा १४ लाख १० हजार ६६५ रुपैयाँ राजस्व संकलन गरेको बताएको छ।

यस्तै फागुनमा १२ लाख ४० हजार २९१, चैत्रमा २३ लाख ६२ हजार ३३२, वैशाखमा ८ लाख ५९ हजार ४६१, असारमा ९ लाख ३ हजार २२८ रुपैँया राजस्व संकलन गरिएको र जेठमा भने निषेधाज्ञाले गर्दा राजस्व संकलन गर्न नसकिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?