दार्चुलामा जोन्सन खोप लगाउन शुरु, एक मात्रा लगाए पुग्ने

दार्चुला । दार्चुलामा आज देखि जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिएको छ । ४५ वर्ष देखि ४९ वर्ष उमेर समुहका नागरिकलाई लगाउनका लागि जोन्सन एण्ड जोन्सन खोप स्थानीय तहहरुमा पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्रराज भट्टका अनुसार महाकाली नगरपालिकामा १४३ डोज र शैल्यशिखर नगरपालिकामा २१० डोज खोप पठाइएको छ । यस्तै व्यासँ गाउँपालिकामा ३२ डोज खोप, मालिकार्जुन गाउँपालिकामा ११० डोज, दुुहुँ गाउँपालिकामा ८५ डोज, मार्मा गाउँपालिकामा ११० डोज, अपिहिमाल गाउँपालिकामा ३५ डोज, लेकम गाउँपालिकामा ७० डोज र नौगाड गाउँपालिकामा १२५ डोज खोप पठाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाका लागि ५ हजार डोज जोन्सन खोप उपलब्ध गराएको छ ।

बुधबारदेखि शुक्रबारसम्म जोन्सन खोप लगाइने भट्टले बताउनुभयो । दार्चुलाका ९२ वटा खोप केन्द्रहरुबाट खोप कार्यक्रम संञ्चालन हुने छ । यसअघि प्राथमिकतामा परेर छुट भएका नागरिकहरु र ४५ वर्ष देखि ४९ वर्ष उमेर समुहका नागरिकलाई उमेर खुल्ने कागजपत्रको आधारमा खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यसअघि लगाइदै आएका कोभिसिल्ड र भेरोसेल खोपको दुई मात्रा लगाउनु पर्ने भएपनि जोन्सन खोपको एक मात्रा लगाए पुग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

बुधबारसम्म झण्डै नौँ हजार नागरिकले जिल्लामा भेरोसेल र १७ हजार नागरिकले कोभिसिल्ड खोप लगाएका छन् । कोभिसिल्ड खोप लगाएका अधिकासं नागरिकले भने दोस्रो डोज पाएका छैनन् । भारतबाट खरिद गरिएको कोभिसिल्ड खोप समयमै प्राप्त नभएकोले पहिलो डोज लगाएकाहरु दोस्रो डोज खोपको पर्खाइमा छन् ।

दार्चुलामा अहिले २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय परीक्षण दर घटेसंगै संक्रमित फेला पर्ने क्रम पनि घटेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?