माधवपक्षीय बैठकमा ७० केन्द्रीय सदस्य उपस्थित, सुरेन्द्र र योगेश अनुपस्थित

दार्चुला । माधव नेपाल पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी रहेको छ । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाउनुभएको हो ।

बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण झण्डै ४ घण्टा ढिला शुरू भएको हो । आजको बैठकमा स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि उपस्थित छैनन् । बैठकमा अहिले माधव नेपालले सम्बोधन गरिरहनुभएको छ ।

सुरेन्द्र पाण्डे र योगेश भट्टराई दुवै नेता कन्ट्र्याक ट्रेसिङमा परेका कारण उपस्थित हुन नसकेको जानकारी दिइएको छ । बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेका दावी नेपाल पक्षले गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?