ज्येष्ठ नागरिकलाई साउन २५ बाट कोभिशिल्डको दोस्रो मात्रा लगाइने

दार्चुला । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट खोपको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतले भुटान र जापानबाट ल्याइएको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने बताउनुभयो ।

भूटानले दिएको तीन लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइसकेको छ भने जापानले दिने १६ लाख डोज खोप शनिबार र आइतबार दुई लट गरेर ल्याइने उहाँले बताउनुभयो । जापानबाट आउने १६ लाख डोज खोप सुनिश्चित भएकाले यही साउन २५ गतेदेखि दोस्रो डोड अष्ट्रेजेनेकाको खोप अभियान शुरु गर्न लागेको डा. गौतमले बताउनुभयो ।

उहाँका अनुसार साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खामा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई लगाइने छ । साथै प्रदेश १ र २ मा भने खोप अभियान केही ढिला शुरु हुने उहाँले बताउनुभयो ।

गत वर्षको फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजारभन्दा बढी ज्येष्ठ नागरिकले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । कोभिशिल्ड भारतको सेरम इन्स्टिच्यस्टले विकास गरेको खोप हो ।

कोभिशिल्डको पहिलो मात्रा लगाएको १२ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइए पनि खरिद सम्झौता भएकोम्धये १० लाख डोज खोप भारतले नदिएपछि उहाँहरुले दोस्रो डोज लगाउनबाट बञ्चित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?