सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना

दार्चुला । आज सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

सुदूरपश्चिम प्रदेशको तराईका भूभाग, वाग्मती प्रदेशको काठमाण्डौ उपत्यका र आसपासको क्षेत्र तथा लुम्बिनीमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुन खासै सक्रिय नभएकाले देशका अरु ठाउँमा भने सामान्य बद्ली भएर कुनै कुनै ठाउँमा हल्का खालको पानी पर्ने सम्भावना छ ।

दिउँसोतिर भने देशभरि नै सामान्य बद्ली रहनेछ । आउने बुधवारदेखि मनसुन थप सक्रिय हुँदै जाने मौसमविद् अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?