दार्चुलामा पनि मास्क अभियान शुरु, स्वास्थ्य सुरक्षामा जोड, विद्यालय बन्द गर्ने निर्णय

दार्चुला । दार्चुला जिल्लाभरी मास्क अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीको अध्यक्षतामा जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डिसिसिएमसी) दार्चुलाको बैठक बसी मास्कको प्रयोग अनिवार्य गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने/गराउने लगायत निर्णय गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ अभियान सञ्चालन गर्न लागेकोले दार्चुला जिल्लामा पनि सबै स्थानीय तह, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल लगायत सम्पूर्ण सरोकारवाला निकायले मास्कको महत्तबारे सचेतनामुलक कार्यक्रम गरी मानिसको व्यवहार परिवर्तन गर्न मास्क अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यस्तै बैठकले कोभिड १९ संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गइरहेकोले बालबालिकाको स्वास्थ्यको अवस्थालाई मध्यनजर गरी कुनैपनि विद्यालय र कलेजहरुले भौतिक रुपमा उपस्थित भइ पठनपाठनका गतिविधि नगर्ने/नगराउने निर्णय गरिएको छ । कोरोनाको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी आम नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने/गराउने निर्णय भएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।

हेर्नुहोस डिसिसिएमसी दार्चुलाको बैठकले गरेका निर्णयहरु

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?