दार्चुलामा स्क्रबटाइफसका बिरामी बढ्दै, एक हप्तामा आठ जना बिरामी फेला

दार्चुला । दार्चुलामा जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन्। यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ।

अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ। मालिकार्जुन र व्यास गाउँपालिकामा एक/एक जना र महाकाली नगरपालिकाका छ जनामा रोगको लक्षण देखिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो ।

उपचारका लागि पुगेका व्यक्तिको आरडिटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो। चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। गत वर्ष देखिएकामध्ये २५ महिला थिए।

महिला पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा महिला घाँस तथा स्याउला सोत्तर गर्ने भएका कारण पुरुषभन्दा बढी महिला स्क्रबटाइफसको जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?