सूचना संकलन गर्दै गृहको छानविन टोली, घटनाको विश्लेषण गरेर रिपोर्ट बुझाउँने

दार्चुला । दार्चुलामा महाकाली नदी तर्ने बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिएपछि ब्यास गाउँपालिका–२ मालगाउँका जयसिंह धामी साउन १५ गते बेपत्ता भए। धामी बेपत्ता भएपछि उक्त घटनाको छानविन गर्न गठन गरिएको गृह मन्त्रालयको टोली गत मंगलबारदेखि दार्चुलामा छ।

मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले शुक्रवार घटनास्थलको अवलोकन र पीडित परिवारसँग भेटघाट गरेको छ। सदरमुकाम खलंगामा रहेको छानविन समितिले घटनाका प्रत्यक्षदर्शी र राजनितिक दलका प्रतिनिधिहरूसँग पनि कुराकानी गरिरहेको छ।

सहसचिव गौतम नेतृत्वको छानविन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन् । साउन १७ मा गठन गरिएको समितिलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन समय दिइएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

छानविन टोलीले सूचना संकलन गरिरहेको बताएको छ। सरोकारवालासँग सोधपुछ जारी रहेको बताउँदै टोलीका संयोजक गौतमले भन्नुभयो, ‘सूचना संकलन गर्दै छौं, विश्लेषण गरेर चाडै रिपोर्ट बुझाउँछौँ।’ स्थानीय तथा प्रतक्षदर्शीले मालघाटमा एसएसबीले तुइन फुकालिदिदा धामी महाकालीमा बेपत्ता भएको बताएपनि भारत पक्षले सो घटनामा एसएसबीको संलग्नता नभएको दाबी गरिरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?