शैल्यशिखरमा सदस्यता नविकरण गर्दै एमाले, काग्रेश परित्याग गरि १० जना एमाले प्रवेस

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले शैल्यशिखर नगरपालिकामा पार्टी गतिविधि बढाउन थालेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले शैल्यशिखरमा नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरण अभियान थालेको एमाले दार्चुलाका सचिवालय सदस्य एबं शैल्यशिखर नगर कमिटी इन्चार्ज बिजयसिह धामीले जानकारी दिनुभयो ।

संगठन सुदृढिकरण अभियान अन्तरगत आइतबार शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानीशिखरमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको नेता धामीले बताउनुभयो । कार्यक्रममा नयाँ सदस्यता वितरण र पुराना क्रियासिल सदस्यहरुको सदस्यता नविकरण गरिएको छ ।

रानिशिखरमा आयोजित कार्यक्रता भेलामा नेपाली काग्रेश परित्याग गरि दश जनाले नेकपा एमाले प्रवेस गरेको धामीले बताउनुभयो । एमाले प्रवेस गर्नेहरुमा अम्बादत्त भट्ट, रामदत्त भट्ट, केशवदत्त भट्ट, विष्णुदेब भट्ट, अम्बादत्त भट्ट, भानदेब भट्ट, धर्मानन्द भट्ट, नन्दराज भट्ट लगायत रहेका छन् । नेकपा एमाले दार्चुलाका सचिवालय सदस्य एबं नगर कमिटी इन्चार्ज विजयसिह धामीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य एबं नगर कमिटी अध्यक्ष रणबहादुर खत्री, जिल्ला कमिटी सदस्य लक्ष्मी प्रसाद जोशी लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

शैल्यशिखरका विभिन्न वडाहरुमा सदस्यता नविकरण र कार्यक्रता भेला कार्यक्रम आयोजना भइरहेको नेकपा एमाले शैल्यशिखर नगर कमिटीले जनाएको छ । साउन २२ गते शुक्रबार शैल्यशिखरको वडा नम्बर ३ लुइटामा भएको कार्यक्रममा समाजसेवी बिक्रम चन्द लगायत तीन जनाले नेकपा एमाले प्रवेस गरेको नगर इन्चार्ज धामीले जानकारी दिनुभयो । शुक्रबार र आइतबार भएको कार्यक्रममा नेपाली काग्रेश परित्याग गरि एमाले प्रवेस गरेका एक दर्जन बढी कार्यक्रतालाई एमालेको सदस्यता वितरण गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय नेकपा एमाले दार्चुलाले लेकम गाउँपालिकासहित विभिन्न स्थानीय तहमा सदस्यता नविकरण तथा कार्यक्रता भेला अभियान थालेको छ । अगामी पार्टी अधिवेसन र निर्वाचनको तयारीका लागि पार्टी गतिविधि थालेको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?