एमाले बैठक बस्दै, तीन वटा प्रतिवेदन पेस हुने

दार्चुला । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक बस्नुअघि विहान ११ बजे स्थायी कमिटी बैठक बस्दै छ ।

बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ ।

त्यसपछि केन्द्रीय कमिटी बैठकमा तीन वटा प्रतिवेदन पेस गरेर छलफल खुला गरिने तामाङको भनाइ छ । उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्छ । अनि छलफलको लागि ओपन गर्छौं । हाम्रा मातहतका कमिटी, जनसंगठनहरूमा छलफल हुन्छ ।’

विधान महाधिवेशनको तयारीका लागि यो सबै काम भइरहेको तामाङमा भनाइ छ । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने भएको छ । यस्तै विधान महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने छ ।

तर एमालेको माधव नेपाल पक्षले एकताको प्रयास भइरहेको भन्दै पार्टी गतिविधि रोक्न माग गरिरहेको छ । तामाङले भने एकताको प्रयास र पार्टीको सांगठनिक गतिविधि नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी निरन्तर संवादमै छौं । उहाँहरुलाई पार्टीमा सहभागी गराउन लागि गरिने प्रयत्न पनि रोकिँदैन र पार्टीको गतिविधि पनि रोकिँदैन ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?