कोभिसिल्डको दोस्रो खोप आजदेखि

दार्चुला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतले भुटानबाट खोप आइसकेकोले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिनुभयो । डा. गौतमले जापानबाट आएको र भुटानबाट आएको खोप लगाइने जानकारी दिनुभयो ।

कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जानकारी दिनुभयो । उहाँले काठमाडौँमा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?