दार्चुला । दार्चुलामा १२ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन्। ८ महिला र ४ जना पुरुष गरी १२ जनामा स्क्रब टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
साउन १३ गतेयता १२ जनामा स्क्रब टाइफस देखिएको छ। हाल संक्रमितमध्ये ११ जनालाई घर पठाइएको छ भने १ जनाको अस्पतालमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो। गत वर्ष जिल्लाभर ३४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। जसमध्ये २५ जना महिला थिए। संक्रमण महिलाहरुमा बढीजसो देखिइरहेको छ।
महिलाहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा स्याउला सोतर गर्ने हुँदा बढी जोखिममा रहेकाले सरसफाइमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका छन्।
अहिलेसम्म जिल्लाका महाकाली नगरपालिका, लेकम, व्यास, मार्मा र मालिकार्जुन गाउँपालिका गरी पाँच स्थानीय तहमा स्क्रब टाइफस देखिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया