जयसिंहको न्यायका लागि दार्चुलामा हस्ताक्षर संकलन

दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिदा बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय जयसिंह धामीको न्यायका लागि दार्चुलामा हस्ताक्षर संकलन अभियान शुरु भएको छ । मौलिक जरोकिलो पार्टीको आयोजनामा शैल्यशिखरमा सोमबारबाट हस्ताक्षर संकलन अभियान शुरु भएको हो ।

बेपत्ता भएका धामीको न्यायका लागि ८ बुँदे माग राख्दै हस्ताक्षर संकलन अभियान शुरु गरिएको मौलिक जरोकिलो पार्टीका शैल्यशिखर संयोजक तोयराज जोशीले जानकारी दिनुभयो । सोमबार ४३० जनाको हस्ताक्षर संकलन गरिएको र मंगलबार पनि अभियान जारी रहने उहाँले बताउनुभयो । दार्चुला सदरमुकाममा पनि हस्ताक्षर संकलनको तयारी भइरहेको र बैतडी, कञ्चनपुर लगायत विभिन्न जिल्लामा जयसिहको न्यायका लागि हस्ताक्षर संकलन भइरहेको उहाँको भनाई छ ।

मौलिक जरोकिलो पार्टीले घटनाको स्वतन्त्र र निष्पक्ष छानबीन हुनुपर्ने, छानबीनमा स्थानीय जनता र सञ्चार माध्यमका आवाज समेट्नुपर्ने, घटनाका दोषीलाई कारवाहीका लागि कुटनीतिक पहल गर्नुपर्ने, झोलुंगे पुल निर्माण अलपत्र छोड्ने ठेकेदारलाई कारवाही हुनुपर्ने माग राखेको छ ।

यस्तै अबिलम्ब झोलुंगे पुल निर्माण हुनुपर्ने, खलंगा–तिंकर सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखी यथाशीघ्र निर्माण गर्नुपर्ने र सीमा क्षेत्रका नागरिकलाई गास,बास,कपास, शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा सहुलियत दिनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?