विद्युत् प्राधिकरणमा कुलमानको कमब्याक, हितेन्द्र ऊर्जा आयोगमा

दार्चुला । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको कमब्याक भएको छ । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उहाँको नियुक्तिबारे जानकारी दिइसकेको छ ।

वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको ती मन्त्रीले बताउनुभयो । आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर शाक्यलाई सरुवा गरिएको हो । शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?