दार्चुला । शैल्यशिखर नगपालिका वडा नम्बर ९ गोकुलेश्वरमा नेपाल बैंक लिमिटेडको शाखा कार्यालय उद्धघाटन गरिएको छ । पहाडी क्षेत्रहरुमा शाखा विस्तार गने क्रममा दार्चुलाको गोकुलेश्वरमा पनि शाखा स्थापना गरिएको नेपाल बैंक लिमिटेडले जनाएको छ ।
बित्तिय कारोबारमा नागरिकको पहुँच बढाउन शाखा स्थापना गरिएको हो । केही समय भित्रै विभिन्न आकर्षण सुविधासहितको एटिएम सेवा समेत सुचारु गर्ने तयारी रहेको बैंक कर्मचारीहरुलाई उद्धित गर्दै रेडियो लोकदर्पण समाचारदाता गंगादत्त जोशीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया