दार्चुला । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ स्वास्थ्य मन्त्रालयले सुरु गरेको साताव्यापी अभियान दार्चुलासहित देशभर सञ्चालनमा छ । अभियान अन्तरगत दार्चुलामा पनि स्थानीय तह, स्वास्थ्य संस्थाहरु, सुरक्षाकर्मी र गैरसरकारी संस्थाहरुले मास्कको प्रयोगबारे सचेतना फैलाउने काम गरिरहेका छन् । सरोकारवाला निकायहरुले कोभिड–१९ रोकथाम गर्न सचेतनामूलक कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
बिहीबार सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडिएस) को अगुवाईमा दार्चुला सदरमुकाम खलंगामा नेपाल प्रहरी, गुड नेवर्स ईन्टरनेशनल, सुआहारा र महाकाली नगरपालिका स्वास्थ्य शाखाले सयुंक्त रूपमा मास्क लगाउन सचेतना मूलक र्यालीको आयोजना गरिएको र्यालीमा सहभारी सुआहारा कार्यक्रम फिल्ड संयोजक उदय बोहराले जानकारी दिनुभयो । मास्क लगाउन प्रेरित गर्ने तथा सही तयारीले लगाउन सिकाउनका लागि र्याली निकालिएको उहाँले बताउनुभयो ।
महाकाली नगरपालिका—५ गल्फैदेखि सुरु भएको र्यालीले खलंगनस्थित पुलघाटसम्म पुगेर मास्क तथा सचेतना स्टिगर वितरण गरेको थियो। कोरोना सङ्क्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरेको तथा लापरीवाही गर्ने गरेकोले सचेतना अभिबृद्धिका लागि अभियान सञ्चालन भइरहेको छ ।
हेर्नुहोस दार्चुला सदरमुकाम खलंगामा निकालिएको र्यालिका केहि तस्बिरहरु





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया