तुइन प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न सांसद बडूकाे माग

दार्चुला । कांग्रेस नेता तथा सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला तुइन प्रकरणको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न माग गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले तुइन प्रकरणको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न माग गर्नुभएको हो ।

दार्चुला–तिंकर सडकलाई यथाशीघ्र सम्पन्न गर्नका निम्त राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्वका साथ महाकाली करिडोरबाट छुट्याएर दार्चुला–तिंकरखण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजना कार्यान्वयन गर्नका लागि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दार्चुला तुइन घटनाको सत्यतथ्य शीघ्र सार्वजनिक गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति र रोजगारी तथा बच्चाहरूको उचित शिक्षाको प्रबन्ध गर्न, शिलान्यास गर्न अलपत्र पारिएका चारवटै झोलुंगेपुलहरूको तत्काल निर्माण सुरु गर्न तथा लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न र भविष्यमा त्यस क्षेत्रका जनताले यसरी अवैधानिक र असुरक्षित तुइन तर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नका लागि र जनताको जिउधनको रक्षाका साथै राष्ट्रिय स्वाभिमानको रक्षाका लागि समेत निकै मन्द गतिमा निर्माणाधीन भइरहेको दार्चुला–तिंकर सडकलाई यथाशीघ्र सम्पन्न गर्नका निमित्त राष्ट्रिय प्राथमिकता र उच्च राष्ट्रिय महत्वका साथ महाकाली करिडोरबाट छुट्याएर दार्चुला–तिंकरखण्डलाई पर्याप्त बजेट र छुट्टै आयोजना कार्यान्वयन गर्नका निमित्त म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

यो पनि पढ्नुहोस : दार्चुला-तिकंर सडकलाई राष्ट्रिय गौरबको योजनामा राख्न सासंद ठगुन्नाको माग

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?