माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

दार्चुला । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएहको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।

पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने विषय समेटेर प्रचण्डले प्रतिवेदन तयार गर्नुभएको छ ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने लगाएतका विषय समेटेर अध्यक्ष दाहाललाई प्रतिवेदन तयार पार्न हिजो बसेको स्थायी कमिटी बैठकले आग्रह गरेको थियो ।

यस्तै हिजो माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको बारेमा छलफल भएन् । सरकार गठन भएको एक महिना वित्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेपनि माओवादीले मन्त्रीको नाम अझै टुंगो लगाउन नसकेको हो । हिजोको बैठकमा अध्यक्ष प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?