दार्चुला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको छ ।
काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा राष्ट्रिय सम्मेलनको प्रस्ताव गरिएको छ । अध्यक्ष दाहालको प्रस्तावमा यही भदौ मसान्तभित्र देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ ।
असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरू गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने दाहालको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ । हिजो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अध्यक्षको प्रतिवेदन पारित गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया