दार्चुला । दार्चुलामा कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान सञ्चालन गरिरहेको छ। दार्चुला प्रहरीले उक्त कार्यक्रम अन्तर्गत ८६ हजार ३ सय ४५ जनालाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
मास्क अभियानको अवसरमा गोकुलेश्वरमा इलाका प्रहरी कार्यालयले मास्क बैंकको स्थापना गरेर विपन्न नागरिक र मास्क नलगाएका मानिसलाई मास्क वितरण गर्दै मास्क लगाउने सहि तरिका सिकाउने गरिएको छ । जिल्लाका विभिन्न प्रहरी चौकीहरुले समेत तपाईको मास्क खै ? अभियान सञ्चालन गरेर मास्क बारे सचेतना फैलाउने काम गरिरहेका छन् । प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय २१ जनाबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाले ४२ हजार १ सय रुपैँया राजस्व समेत संकलन गरेको जनाएको छ । कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेकोले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्न प्रशासनले समेत अनुरोध गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया