दार्चुलामा आजदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाइँदै

दार्चुला । दार्चुलामा ५५ वर्ष माथिका नागरिकलाई मंगलबार (आज) देखि कोरोना भाइरसविरुद्धको कोभिशिल्डको दोस्रो मात्रा लगाइँदै छ।

आजदेखि जिल्लाका ९२ वटा खोपकेन्द्रबाट ५५ वर्ष माथि उमेर समूहका सबैलाई कोभिशिल्डको दोस्रो मात्रा लगाउन थालिएको हो। मंगलबार भाद्र १ गतेदेखि बिहिबार ३ गतेसम्म जिल्लाका झण्डै १४ हजार ५ सय जना ५५ वर्षमाथिका सबैलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा १५ हजार कोभिशिल्ड खोप उपलब्ध गराएको बताइएको छ। दार्चुलामा हालसम्म ३६ हजार ७७९ जनाले विभिन्न खोपको पहिलो मात्रा लगाएका छन्। कोभिशिल्डको पहिलो मात्रा १७ हजार ३१५ जनाले लगाएको र दोस्रो मात्रा २ हजार ६७९ जना पाएका छन् । कोभिसिल्डको पहिलो डोज लगाएको लामो समयसम्म दोस्रो मात्रा नपाएका नागरिकहरुले खोप पाउने भएपछि खुसी भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?