निवर्तमान प्रदेश प्रमुख अहिराजले राज्यको कुनै सुविधा नलिने

दार्चुला । प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख राजेश अहिराजले पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गर्नु भएको छ । उहाँले आफू पदमुत्त भए संगै राज्यले प्रदान गर्ने सेवा सुविधा आफुले नलिने घोषण गर्नु भएको हो ।

अहिराजले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा पनि गर्नु भएको छ । उहाँले देशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको र आफुनोे निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी फिर्ता पठाउने घोषणा गर्नु भएको हो । उहाँले प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्रमण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएको बताउनु भएको छ ।

देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको र जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रङ्गभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरुरी देखिएको उहाँको भनाइ छ । उहाँले निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि अविश्वास गर्नुपर्ने कुनै पनि कारण नरहेकोल निजी सचिवालय नराखेको बताउनु भएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गते शुक्रबारको निर्णयबाट अहिराज प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त हुनु भएको थियो । उहाँ प्रदेश प्रमुखका रूपमा १८० दिन अर्थात् ५ महिना २४ दिन रहनु भयो । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मिश्रालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को साउन ३२ को निर्णय अनुसार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम महोत्तरीका मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरिएको हो ।

प्रदेश २ का प्रदेश प्रमुख मिश्र नियुक्त भएसँगैं निवर्तमान प्रदेश प्रमुख राजेश झा पदमुक्त हुनुभएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले माओवादी कोटाका तिलक परियारलाई हटाएर ७ फागुन २०७७ मा झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?