दार्चुला । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । उहाँहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।
यसैबिच निर्वाचन आयोगमा नेकपा एमालेले केन्द्रीय सदस्यको नयाँ विवरण पठाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा एमालेले नयाँ केन्द्रीय सदस्यको विवरण पठाएको जानकारी दिनुभयो । उहाँको अनुसार दुई सय ६० नयाँ नामसहित केन्द्रीय पदाधिकारीको विवरण अद्यावधिक गरिदिन भन्दै एमालेले आयोगलाई पत्र पठाएको हो । यसअघि एमालेमा २०३ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो ।
कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।
१. माधव नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. रामकुमारी झाँक्री
५. कल्याणी खड्का
६. लक्ष्मीकुमारी चौधरी
७. निरादेवी जैरु
८. पुष्पाकुमारी कर्ण
९. सरला यादव
१०. कलिला खातुन
११. विरोध खतिवडा
१२. कृष्णलाल महर्जन
१३. भवानी खापुङ
१४. मेटमणी चौधरी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया