दार्चुला । जनता समाजवादी पार्टी (जसपा) का दुईजना प्रदेशसभा सदस्यहरूले महन्थ ठाकुरको साथ छोडेका छन् । विगतमा महन्थ, राजेन्द्र पक्षमा रहेका प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी चौधरीले उनीहरूको साथ छाडेका हुन् । उनीहरू दुवै तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन् ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो । उनीहरू दुवैजनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । उपेन्द्र यादवले पार्टी आधिकारिकता पाएसँगै उनीहरूले ठाकुरको साथ छाडेका हुन् । प्रदेशसभा सदस्य राना हिजोदेखि काठमाडौंमा शुरू केन्द्रीय कार्य समितिको प्रथम बैठकमा सहभागी भएकी छन् । अर्का सांसद चौधरीले स्वास्थ्य समस्या भएका कारण बैठकमा जान नसकेको बताउनुभयो ।
‘हामीले कसैको साथ छोडेको भन्ने होइन । हामी आधिकारिक लाइनमा उभिएका हौँ’ सांसद रानाले भनिन्, हाम्रो लागि व्यक्तिभन्दा पार्टी ठूलो कुरा हो । उनले अन्तिम समयसम्म पनि पार्टी एकताबद्ध रहनु पर्छ भन्दै आइरहेको दावी गर्दै भनिन्, ‘हामीले एकताको लागि दबाब दिइरहेका थियौँ तर भएन । हामी पार्टीमै छौँ ।’ संविधानसभा सदस्यसमेत रहेकी उनी प्रदेशसभामा समानुपातिक सांसद हुन् ।
केन्द्रीय कार्य समितिको प्रथम बैठकमा नगए पनि आफू आधिकारिक पक्षमा रहेको सांसद चौधरीले बताउनुभयो । उहाँले अझैसम्म पार्टी विधिवत रूपमा नफुटेको भन्दै आफू जसपामै रहेको दावी गर्नुभयो । उहाँ कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया