दार्चुला। सरकारले दल फुटाउनका लागि सजिलो हुने गरी अध्यादेश जारी गरेसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल विधिवत रुपमा विभाजन हुने भएको छ । नेकपा एमालेमा अध्यक्ष केपी ओली र नेता माधव नेपालबीचको कटूता अन्ततः पार्टी विभाजनमा पुगेर टुंगिने भएको छ । यसैगरी जनाता समाजवादी पार्टीका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीचको झगडा पनि अलग दल बनेर थान्को लाग्ने भएको हो ।
तीब्र आलोचनाका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दल विभाजन गर्न सजिलो हुने प्रावधानसहितको अध्यादेश मन्त्रिपरिषदबाट पारित गराई बुधबार राष्ट्रपतिबाट जारुी गराउनुभएको छ । नयाँ दल दर्ताका लागि अध्यादेशको पखाईमा रहेको दुबै समूहले सबै तयारी पूरा गरिसकेका छन् । दल दर्ताका लागि चाहिने आवश्यक सबै तयारी पूरा गरिसेको दुबै दलका नेताहरुले बताएका छन् ।
माधव नेपाल पक्षले नेकपा एमाले समाजवादी नाम राख्ने गरी तयारी गरेको नेताहरुले प्रतिक्रिया दिएका छन् । यद्यपि, नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा पनि छलफल भइरहेको छ । यो पार्टीको अध्यक्षमा नेपाल रहने निश्चित भए पनि पदाधिकारीहरुमा को को रहनेछन् भन्ने टुंग्गो लागेको छैन । नेपाललाई नेताहरु झलनाथ खनाल, वामदेव गौतमलगायतले साथ दिने बताइएको छ ।
उता, यादव पक्षसँग विमति जनाउँदै पूर्ववर्ती ओली सरकारलाई समर्थन गर्न पुगेपछि कार्वाहीमा परेर दलविहीन बन्न पुगेको जसपा ठाकुर पक्षले पनि नयाँ दल दर्ताका लागि सबै तयारी पूरा भएको जनाएको छ । यो समूहले ठाकुरको अध्यक्षतामा जसपा नेपाल लोकतान्त्रिक नामको दल दर्ता गराउने तयारी पूरा भएको नेता शरतसिंह भण्डारीले जानकारी दिनुभएको छ । अध्यादेश ल्याएपछि सरकारको चर्को आलोचना भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया