दार्चुला । नेपाल कम्युनिष्ट पार्टी एमाले मार्मा गाउँपालिका कमिटी संयोजकमा खेमराज जोशीलाई चयन गरिएको छ। एमाले जिल्ला सचिवालय सदस्य तथा मार्मा गाउँपालिका कमिटी इन्चार्ज देव सिह महराको अध्यक्षमा आयोजित संगठित सदस्यहरुको भेलाले जोशीलाई संयोजक चयन गरेको हो ।
युवा नेता जोशीको संयोजकत्वमा २५ सदस्यिय गाउँ कमिटी विस्तार गरिएको छ। संयोजक जोशी युवा परिषद दार्चुलाका अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य समेत रहनुभएको छ । विहिबारको भेलाले पार्टी गतिविधि सम्बन्धि विभिन्न निर्णय समेत गरेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया