व्यासमा खाद्यान्न ढुवानी गर्न गृह मन्त्रालयको पत्राचार

दार्चुला । पछिल्लो एक हप्तादेखि दार्चुलाको व्यास गाउँपालिकामा खाद्यान्नको समस्या भएको छ । दार्चुला सदरमुकामसंग सडक सञ्जालले नजोडिएका विकट व्यासका बस्तीहरुमा खाद्यान्नको समस्या भएकाले आपुर्तीका लागि गृह मन्त्रालयले खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई पत्राचार गरेको छ ।

नेपालको बाटो भएर दार्चुला सदरमुकाम खलंगा आवतजावत गर्न एक दिन भन्दा बढी लाग्ने अवस्था तथा स्वदेशतर्फको घुमाउरो र जोखिमपूर्ण बाटो र भारतको बाटो भएर सदरमुकाम आउन महाकाली नदीमाथी लगाइएका तुईनहरु हाल भारतीय पक्षले हटाएका कारण व्यासमा खाद्यान्नको आपुर्तीमा समस्या भइरहेको भन्दै यसअघि व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले खाद्यान्न आपुर्तीका लागि पहल गरिदिन गृहमन्त्री बालकृष्ण खाणसंग अनुरोध गर्नुभएको थियो । गाउँपालिकालाई यातायात संग जोड्ने एक मात्रै दार्चुला तिंकर सडकको निर्माण कार्यमा ढिलासुस्तीले व्यासका जनता महाकाली नदीमाथी जोखिमपुर्ण तुइन तरेर सदरमुकाम खलंगा आउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले गृहमन्त्री खाणलाई जानकारी गराउनुभएको थियो ।

व्यासको वडा नम्बर १, २, ३ र ४ का स्थानीयहरु खलंगा बजार सम्म आउन सक्ने अवस्था नरहेको र महाकाली नदीमा तुईन लगाउन भारतीय एसएसबीले नदिएका कारण जनता र सुरक्षाकर्मीहरुलाई समेत खाद्यान्नको समस्या भइरहेको अध्यक्ष बुढाथोकीले गृह मन्त्री खाडलाई जानकारी गराएपछि गृह मन्त्रालयले खाद्यान्न आपुर्तीका लागि गृह मन्त्रालयले खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडलाई पत्राचार गरेको बताइएको छ । व्यासका जनताले भोगिरहेको खाद्यान्न समस्यालाई समाधानका लागि तत्काल हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न अध्यक्ष बुढाथोकीका साथै जिल्ला प्रशासन कार्यालय दार्चुला र स्थानीयहरुले माग गरेका थिए ।

व्यास गाउँपालिका वडा नम्बर १ र ४ का लागि २ सय क्विन्टल चामल तथा वडा नम्बर २ र ३ का लागि १ सय क्विन्टल चामल लगायत दैनिक आवस्यक पर्ने उपभोग्य सामग्री हेलिकोप्टर मार्फत तत्काल ढुवानी गर्न माग गरिएको छ । व्यास गाउँपालिका अध्यक्ष बुढाथोकीले पेस गरेको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बालकृष्ण खाणले खाद्यान्न ढुवानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?