सुदूरपश्चिमका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने

दार्चुला । आज सुदूरपश्चिम प्रदेशका केहि ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिमका साथै प्रदेश नम्बर १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

अन्य धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशका केही ठाउँको ठूलो वर्षाको सम्भावना छ । विशेषगरी सुदूरपश्चिम, प्रदेश १ र गण्डकी प्रदेशका एक दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेकाले जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

मौसमविद्का अनुसार अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ । यसले गर्दा लगातार झरी पर्ने सम्भावना भने नरहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?