सुदूरपश्चिममा भदौमा पाँच दिन सार्वजनिक बिदा

दार्चुला । सुदूरपश्चिममा भदौ महिनामा शनिबारसहित ९ दिन बिदा रहेको छ। चार दिन शनिबारको बिदा छ भने अन्य ५ दिन प्रदेश र संघीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

प्रदेश सरकारको निर्णयअनुसार भदौ १४ गते कृष्णजन्माष्टमी पर्व र भदौ २७ गते अटबारी पर्व (कैलाली र कञ्चनपुर) मा बिदा छ। कृष्णजन्माष्टमी पर्वमा संघीय सरकारले पनि सार्वजनिक बिदा दिएको छ भने सोही दिन परेको गौरा पर्वको पनि बिदा छ।

यस्तै संघीय सरकारले नै भदौ ६ गते जनैपूर्णिको बिदा दिएको छ। भदौ ७ गते देशभरका नेवार समुदायका लागि गाईजात्रा पर्वको बिदा दिने संघीय मन्त्रीपरिषद्को बैठकले निर्णय गरिसकेको छ। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पनि नेवार समुदायको बसोबास रहेको छ। यस्तै भदौ २४ गते हरितालिका तीजमा (महिला) बिदा दिइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?