दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले अफगानिस्तानमा रहेका दार्चुलाका नागरिकको विवरण संकलन गरिरहेको छ। अफगानिस्थानमा रहेका नागरिकको उद्धार गर्न सरकारको निर्णयानुसार नागरिकको विवरण संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो ।
दार्चुला घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा परिवारमार्फत छिट्टै सम्पर्क गर्न प्रशासनले सूचना जारी गरेको छ। सबै स्थानीय तहहरुलाई विवरण संकलनका लागि पत्राचार गरिएको प्रशासन कार्यालयले जनाएको छ। प्रशासनको पत्रअनुसार स्थानीय तहरुले वडा कार्यालयमार्फत विवरण संकलन गरिरहेका छन्।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया