दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री मानबहादुर धामी मल्देशका नामले चिनिने अपिहिमाल गाउँपालिकाको क्षत्ती पुग्नुभएको छ । क्षत्ती क्षेत्र विकास समितिले मन्त्री धामीको विशेष स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सुर्मासरोवर जात्राको अबलोकन तथा जडिबुडीको सम्भाव्यता अध्ययनको लागि मन्त्री धामी नेतृत्वको टोली अपिहिमालको क्षत्ती पुगेको हो । अतिथिहरुलाई स्थानीयले आफ्नौ मौलिक परम्परा झल्किने प्रदर्शनी सहित औपचारिक रुपमा आइतबार स्वागत गरेको मन्त्री धामीका स्वकिय सचिव रामदत्त जोशीले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका अपिहिमाल गाउँपालिका इन्चार्ज भगत सिंह ठेकरेले जडिबुडीको उत्पादन, सम्भाब्यता र कार्यक्रमको उद्धेश्यबारे जानकारी गराउनुभयो । जडिबुडी सम्भाव्यता अध्ययनका लागि तय भएको कार्यक्रममा जडिबुडी विज्ञ नेपालका युवा वैज्ञानिक डा. खेमराज जोशीले दिगो विकास एवम् जडिबुडीको महत्वबारे प्रकाश पार्नुभयो । जडिबुडी अनुसन्धान केन्द्र स्थापना गर्न अध्ययन गरिएको डा. जोशीले बताउनुभयो । जंगलमा रहेको जडिबुडी खेतमा उत्पादन गरि पुस्तौं यो पेशालाई बचाउन सकिने उहाँको भनाई छ । आफुले जापान सरकारको छात्रवृत्ति मा पढेको स्मरण गर्दै डा. जोशीले हामी सुनको थालमा फलामको भिख माग्छौ भन्ने कुरा उल्लेख गर्नुभयो ।
क्षत्तीका स्थानीय बासीन्दाले दार्चुलाको विकट क्षेत्र मल्देशको भ्रमण गरेकोमा मन्त्रालयको टोलीलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा स्थानीयले आफ्नो मौलिक उत्पादन भन्दै मन्त्री लाई उनको पाखो मायाको चिनो दिएको क्षत्ती क्षेत्र विकास समितिका पुर्व अध्यक्ष बहादुर ठेकरेले बताउनुभयो ।

कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले यो ठाउँको विकासका लागि राज्यले उपेक्षा गरिरहेको अवस्थामा दार्चुलेली जनताको मतबाट निर्वाचित नेता मानबहादुर धामीले दार्चुलाकै बढी बजेट यो क्षेत्रमा विनियोजन गरेको बताउनुभयो । घाजिर र क्षत्तीका जनताहरुको संस्कारको प्रसंसा गर्दै उहाँले योजना अनुसार छिटो काम सुरु हुनुपर्ने धारणा राख्नुभयो ।
मन्त्री मानबहादुर धामीले यो ठाउँमा सडक पुर्याउन बजेट हुदाहुदै पनि तिब्रताका साथ काम हुन नसकेको बताउनुभयो । सरोकारवालाहरुप्रति अंकित गर्दै मन्त्री धामीले मकरिगाडमा एक किलोमिटर बाटो पनि निर्माण नहुनुको कारण के त भनि प्रश्न गर्नुभयो । मकरीगाडमा अड्किएको सडक यहाँसम्म कसरी पुगाउने र यहाँको जडिबुडीको उत्पादन कसरी व्यवस्थित एबं वैज्ञानिक बनाउने भन्ने कुरामा आफ्नो प्राथमिकता रहेको मन्त्री धामीको भनाई छ । उहाँले पर्यटन र उद्योग क्षेत्रमा आफ्नो मन्त्रालयको विशेष जिम्मेवारी रहेको भन्दै दार्चुलाको चिनारी र पहिचानको लागि दार्चुलामा पर्यटन बोर्ड गठन गरिने बताउनुभयो ।






विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया