मोड्लिङ क्षेत्रमा जम्दै दार्चुलाका बम (भिडियोसहित)

खडकसिंह धामी, दार्चुला । दार्चुला घर भएका जोन बम (ललित) मोड्लिङ (अभिनय) क्षेत्रमा स्थान बनाउदै गएका छन् । विगत २ वर्षदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेका बमले झण्डै २ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन। २०५५ सालमा दार्चुलाको व्यास गाउँपालिका ६ दाहुती गाउँमा जन्मिएका बम सानै उमेरदेखी कलाकारिता क्षेत्रमा रुचि राख्ने गर्दथे।

सानै छदा बलिउड अभिनेता जोन आब्रहमबाट प्रभावित भएर उहाँले आफ्नो उपनाम समेत जोन नै राखेका छन। सामान्य परिवारमा जन्मिएका बम कलाकारिता क्षेत्रमा प्रवेश गर्ने मौका दिनुभएका लोक दोहोरी भिडियो निर्माता (निर्देशक) शिव बिकलाई पहिलो गुरुका रुपमा सम्झनुहुन्छ। सुरुमा लाइटमेट देखि लिएर सबै काम गरे तर पनि पहिलो अवसर भने शिव बिकले दिहुभएकोमा उहालाई हृदयदेखि नमन गर्न चाहन्छु, बमले भन्नुभयो ।

२०७५ सालमा Manhunt international Nepal मा सौन्दर्य प्रतियोगितामा भाग लिएपछी पहिलोपटक दोहोरी गीत मनचरीबाट उहाँको मोड्लिङ यात्रा शुरु भएको थियो। रेडियो लोकदर्पणसंग उहाँले भन्नुभयो, सुरु सुरुमा म काठमाडौ जादा यो क्षेत्रमा प्रवेश गर्न अप्ठ्यारो थियो, किन कि कलाकारिता क्षेत्रमा अहिले प्रतिस्पर्धा छ। भनेको जस्तो सजिलो थिएन तैपनि मलाई पहिलो मोड्लिङ यात्रा सुरु गराउने गुरुप्रती म आभारी छु। विविध समस्याका बाबजुत पनि मैले आज सम्म आएर यो स्थान सम्म पुगेको छु । बुबाआमाबाट पहिला कलाकारिता क्षेत्रमा काम गर्छु भन्दा भविष्य छैन भनेर अभिव्यक्ति गर्दै गर्दा मैले कलाकारिता क्षेत्रमा प्रवेश गरिसकेपछी बुबा आमा पनि खुसी हुनुहुन्छ, उहाँ भन्नुहुन्छ।

बमले मनचरि, मेरो चोखो मन, हिजो राती के के भयो, टोपी किनेको, तुरतुरेको पानि, मालुङगे केरा, जवानी छन्जरि हे बरै, लगायतका २ दर्जन म्युजिक भिडियोहरुमा मोड्लिङ गर्नुभएको छ । नम्रता श्रेष्ठसंगको अभिनयमा रहेको दोहोरी गीत डिम्पल गालैमा अबको केही दिनमा सार्वजनिक गर्ने तयारिमा रहेको छ । हाल तीजका गीतहरु सुटिङ कार्यमा व्यस्त रहेको उहाँले बताउनुभयो ।

आधुनिक गीत र फिल्महरुमा पनि मोड्लिङ गर्ने अवसर आएको भएता पनि हाललाई यो क्षेत्रमा प्रवेश नगरी दोहोरि क्षेत्रलाई मात्र प्राथमिकता दिएको उहाँको भनाई छ । दोहोरि गीत पहिलो रुचि भएकाले हाललाई दोहोरि गीतमा मात्र अभिनय गर्ने उहाँको भनाई छ। मेरो रुचि दोहोरी नै भएकोले पहिला दोहोरी गीतमा नै अभिनय गर्ने र पछि आधुनिक हुदै राम्रो अवसर आयो भने फिल्मी क्षेत्रतीर पनि अगाडि बढ्ने सोच रहेको बमले बताउनुभयो । कलाकारितालाई एउटा पेशाका रुपमा अंगालेर अगाडि बढ्ने हो भने सम्भावना रहेको उहाको भनाई छ।

दार्चुलाबासी आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरुको माया ममताले गर्दा अगाडि बढ्न सहयोग पुग्ने भएकाले सम्पूर्णलाई आफ्ना म्युजिक भिडियोहरु हेरिदिनका लागि उहाँ अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?