दार्चुला । दार्चुलाका विभिन्न भन्सार कार्यालयहरु बन्द रहेका छन्। तिंकर, सीतापुल, दत्तु र जौलजिवी छोटी भन्सार कार्यालय अहिले बन्द अवस्थामा रहेका हुन्।
जिल्लाका पालिकाहरूले भारतीय सीमा क्षेत्र लाली र तिंग्रम झोलुंगे पुल बनेपछि थप भन्सार कार्यालय राख्न माग गरेका छन्। व्यासको सीमा तिंकर तथा सीतापुलमा छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि पटक पटक अनुरोध गरिएको बताइएको छ। लेकम गाउँपालिकाले पनि दुई वर्षदेखि लालीमा नेपाल–भारत जोड्ने झोलुंगेपुल बनेपछि छोटी भन्सार कार्यालय स्थापनाका लागि पत्र पठाएको बताएको छ।
भारत र चीनका नाकामा बजारको राम्रो सम्भावना रहेकाले छोटी भन्सार छिटो पुनःस्थापना गर्नुपर्ने व्यापारीहरुले माग गरेका छन् भने सरकारले मागलाई सम्बोधन नगरेको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ। भन्सार नभएकै कारण स्थानीय बजारमा सामान बिक्री गर्न समेत असहज भएको व्यवसायीको गुनासो छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया