एमाले दार्चुलाको बैठक सम्पन्न, संविधान दिवस का दिन सबै वडामा अधिवेसन

दार्चुला । भदौ ६ र ७ गते तथा आइतबार र सोमबार गरी दुई दिन सम्म सञ्चालन भएको नेकपा एमाले दार्चुलाको जिल्ला कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टीको सदस्यता नविकरण, बितरण गर्ने देखी जिल्ला भित्र रहेका कमिटिहरुलाई पुर्णता दिने, वडा पालिका अधिबेसन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ । संबिधान दिवसको दिन सबै वडामा एकसाथ अधिवेसन गर्ने एमालेको तयारी छ ।

नेकपा एमालेको संगठनमा कटिबद्ध भएर लागेका नेता, कार्यकर्ताहरुलाई नयाँ सदस्यता प्रदान गर्नुका साथै संगठीत सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय भएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडकसिंह बडालले जानकारी दिनुभयो । यसैगरि जिल्लाभित्र रहेका हरेक कमिटिहरुलाई गठन तथा पुर्नगठन गर्ने र पूर्णता पाउन बाँकी कमिटीहरुलाई पूर्णता दिने निर्णय भएको उहाँले बताउनुभयो । नेकपा एमाले बिभाजन भई माधव नेपाल पक्ष अलग भएको अवस्थामा एमालेको पहिलो जिल्ला कमिटी बैठक सम्पन्न भएको हो । अहिले जिल्लाका बिभिन्न ठाउँमा पार्टीका वडा कमिटी र पालिका कमिटीहरुले भेला तथा संगठन बिस्तारका कार्यक्रमहरु गरिरहेको उहाँले बताउनुभयो ।
आगामी असोज ३ गते संबिधान दिवसको दिन दार्चुलाका सबै ६१ वटै वडामा वडा अधिवेसन सम्पन्न गर्ने निर्णय गरिएको छ । अधिवेसन सम्मका लागि कार्य योजना पारित गरेर अपानी जारी गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । अपानी मार्फत राजनीतिक अभियान, पार्टी निर्माण र सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा प्रभावकारी ढंगले कृयाशिल एबं एकताबद्ध हुँदै अगाडी बढन जिल्ला भित्रका सबै पार्टी कमिटीलाई निर्देशन समेत गरिएको जोशीले बताउनुभयो ।

बैठकमा नेताहरुले आ आफ्नो क्षेत्रको पार्टी कामको रिपोर्टिङ गर्नुभएको थियो । केन्द्रीय कमिटीले पठाएको अन्तर पार्टी निर्देशन (अपानी) बैठकमा प्रस्तुत गरिएको थियो । केन्द्रीय कमिटीबाट जारी विधान संशोधन प्रस्ताव माथि छलफल गरि आएका सुझाब प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीमा पठाउने निर्णय समेत गरिएको नेकपा एमाले दार्चुलाका जिल्ला कमिटी सदस्य हिरासिंह धामीले बताउनुभयो । एमाले दार्चुलाको जिल्ला कमिटीमा केही नेताहरुलाई मनोनित गर्दै जिल्ला कमिटी विस्तार गरिएको छ ।

नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित जिल्ला कमिटी बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्रसिह रावल प्रमुख अतिथि रहनुभएको थियो । बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पठान सिह बोहरा, दुर्गा धामी र हरदेब जोशी, नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउँद लगायतको आतिथ्यता रहेको थियो ।

सायद ६ जना मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद Upendra Dhami सहित २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  '× SHOT S ON POCO' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?