सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू,
सुदूरपश्चिम प्रदेश, दार्चुला ।
सम्माननिय प्रधानमन्त्री ज्यू, तपाई एक सुदूरपश्चिमको नागरिक पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा यसै पत्र मार्फत धेरै धेरै बधाइ ज्ञापन गर्न चाहन्छु । अझै राजनीतिक सफलताको शुभकामना पनि दिन चाहन्छु । हजुर प्रधानमन्त्रीमा नियुक्त भएको दिन देखि अहिले सम्म महाकाली देखी मेची सम्मका नागरिकहरुले फेसबुक, ट्वीटर अथवा अन्य सामाजिक संजालहरु मार्फत बधाई दिइ रहेका छन् ।
तपाई जस्तो पटक पटक प्रधानमन्त्री भएको नेता सुदूरपश्चिमले जन्माएकोमा सुदूरपश्चिमेली बासीहरु गर्व गर्छन । मैल धेरै जसो स्टाटस देखे तपाई प्रधानमन्त्री हुदाँ दार्चुला लगायत सुदूरपश्चिममा भइरहेको सीमा विवाद अन्त्य हुने छ, हामी ढुकक छौ र आशावादी छौ, धेरै नेपाली दाजुभाई बहिनीहरुले यस्तै लेखेका थिए । विडम्वना तपाई प्रधानमन्त्री भएको एक महिना नवित्दै दार्चुला जिल्ला व्यासँ गाउँपालिकाका जय सिँह धामीले अकालमै माहाकाली नदीमा विलीन हुनु पर्यो, यो घटना त हजुरले नजिकैबाट नियाल्नु भा होला, अहिले धेरै दिन भइ सक्यो पिडितले न्याय पाएको छैन ।
भारतीय एसएसबीले तुइन काटेर माहाकालीमा बेपत्ता भएका जय सिहँ धामीको परिवारले कहिले न्याय पाउने ? त्यस्तै कञ्चनपुरकी निर्मला पन्त वहिनीले कलिलै उमेरमा बलात्कारीको सिकार हुनु पर्यो पिडीतलाई पूर्व सरकारले त न्याय दिन सकेन यो वर्तमान सरकारले त न्याय दिन सक्नुपर्यो । आखिर कहिले पाउछन् निर्मला वहिनीको परिवारले न्याय ? सम्मानिय प्रधानमन्त्री ज्यू, जय सिहँ धामी, निर्मला पन्त, भागरथी भट्ट आखीर हजुर जन्मेको ठाउँ सुदूरपश्चिमकै हैनन र ? पुर्व सरकारले के गर्यो अब म त्यता तिर जादैन, वर्तमान सरकारले सर्वप्रथम कालापानी, लिपुलेक, लिम्पीयाधुराको भुमी फिर्ता ल्याओस र कयौ पिडित परिवार छन् तिनीहरुलाई न्याय दियोस् ।
सम्मानिय प्रधानमन्त्री ज्यू म पनि एक युवा भएको नाताले र मेरो देश प्रति धेरै नै माया भएको कारणले यो पत्र पठाएको छु । आशा छ यो सरकारले उदाहरणीय काम गर्ने छ र छिटै नै मन्त्रीपरिषद् पुर्णता दिएर अगाडी बढ्ने छ र सुदूरपश्चिमेली जनताको मन जितेर अगाडी बढ्नेछ तब मात्रै सुदूरपश्चिमेली जनताले अझै विश्वास र भरोसा गर्नेछन, धन्यवाद ।
बिमल प्रसाद जोशी
शैल्यशिखर न.पा. ७
देवथली दार्चुला ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया