एमाले दार्चुलाको जिल्ला कमिटीमा ५२ सदस्य मनोनित (नामावलीसहित)

दार्चुला । नेकपा एमाले दार्चुलाको जिल्ला कमिटीमा एकै पटक ठूलो संख्यामा सदस्यहरु मनोजित गरिएको छ । यहि भदौँ ६ र ७ गते सञ्चालन भएको जिल्ला कमिटीको पूर्ण बैठकले ५२ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको हो । यसअघि ११० सदस्यिय जिल्ला कमिटी रहेकोमा विधान अनुसार ५२ जना सदस्य मनोनित गर्दै जिल्ला कमिटीलाई विस्तार गरिएको नेकपा एमाले दार्चुलाका प्रचारविभाग प्रमुख खडकसिंह बडालले जानकारी दिनुभयो ।

५२ जना थप भएसंगै नेकपा एमाले जिल्ला कमिटी १६२ सदस्यिय भएको बडालले बताउनुभयो । सबै स्थानीय तहबाट मापदण्ड पुगेका क्रियाशिल सदस्यहरुमध्येबाट जिल्ला कमिटीमा मनोनित गरिएको एमाले दार्चुलाले जनाएको छ । गत आइतबार र सोमबार गरी दुई दिन सम्म सञ्चालन भएको नेकपा एमाले दार्चुलाको जिल्ला कमिटी बैठक जिल्ला कमिटी विस्तारसंगै विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पार्टीको सदस्यता नविकरण, नयाँ सदस्यता बितरण गर्ने देखी जिल्ला भित्र रहेका कमिटिहरुलाई पुर्णता दिने, वडा पालिका अधिबेसन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ । संबिधान दिवसको दिन असोज ३ गते जिल्लाभरीका सबै वडामा एकसाथ अधिवेसन गर्ने एमालेको तयारी छ ।

थप हुने सदस्यहरुमा व्यास गाउँपालिकाबाट वडा नम्बर १ का बिरेन्द्रसिंह तिकंरी, वडा नम्बर ५ का सरीता धामी र वडा नम्बर २ का मंगलसिंह ह्याकी छन् । यस्तै महाकाली नगरपालिकाबाट वडा नम्बर १ का दानसिंह कार्की र गोमती लुहार, वडा नम्बर ५ का मनिदत्त जोशी, वडा नम्बर ७ का राजेन्द्रसिंह थापा, वडा नम्बर ८ का बिर सिंह बिष्ट, वडा नम्बर ४ का प्रेमसिंह डडाल र नारायण दाहाल रहेका छन् । मालिकार्जुन गाउँपालिकाबाट वडा नम्बर १ का भोजराज पन्त, बिरसिंह धामी, धाना चैसीर र श्यामसिंह सामन्त, वडा नम्बर २ का गणेशसिंह धामी, वडा नम्बर ३ का मदनसिंह धामी, वडा नम्बर ४ का श्यामसिंह धामी शान्ती धामी, वडा नम्बर ५ का बिक्रम बहादुर पाल, वडा नम्बर ६ का मदनराम टमटा र वडा नम्बर ८ का देबकी खत्री रहेका छन् । यस्तै दुहुँ गाउँपालिका वडा नम्बर १ का पुर्ण बहादुर बम जिल्ला कमिटीमा मनोनित भएका छन् ।

लेकम गाउँपालिका वडा नम्बर ५ का नारायणदत्त जोशी, बलदेब बोहरा, राधाबल्लव जोशी, वडा नम्बर ६ का हरी बहादुर साउद, हरीनन्दन नाथ, राम नाथ, सबिर सिंह खत्री, वडा नम्बर १ बाट चन्द्रसिंह बोहरा, गणेश साउद, वडा नम्बर २ बाट भवान सिह धामी, पदमराज जोशी रहेका छन् । नौगाड गाउँपालिकाबाट वडा नम्बर १ का रघुबिर सिंह ठगुन्ना, वडा नम्बर २ का नारायणसिंह ठगुन्ना, मानमति ठगुन्ना, वडा नम्बर ६ का धनसिंह ठगुन्ना, वडा नम्बर ५ का शान्ती देवी ठगुन्ना रहेका छन् ।

शैल्यशिखर नगरपालिकाबाट वडा नम्बर १ का *रमेश बोहरा, वडा नम्बर २ का चक्रमान बिक, नरेन्द्र बहादुर पाल, वडा नम्बर ४ का महादेव ठगुन्ना, वडा नम्बर ५ का कलावती रावत, वडा नम्बर ८ का धनीराम जोशी, वडा नम्बर ९ का कमलराज बिष्ट रहेका छन् । अपिहिमाल गाउँपालिकाबाट वडा नम्बर २ का भुरी जोशी, वडा नम्बर ३ का शान्ती धामी, वडा नम्बर ५ का चन्द्र धामी, वडा नम्बर ६ का गाम धामी रहेका छन् । मार्मा गाउँपालिकाबाट वडा नम्बर ५ का दलजित बोहरा, वडा नम्बर ६ का सुरेश सिह महरा र वडा नम्बर ४ का देबसिंह धामी रहेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

नेकपा एमाले बिभाजन भई माधव नेपाल पक्ष अलग भएको अवस्थामा एमालेको पहिलो जिल्ला कमिटी बैठक सम्पन्न भएको हो । अहिले जिल्लाका बिभिन्न ठाउँमा पार्टीका वडा कमिटी र पालिका कमिटीहरुले भेला तथा संगठन बिस्तारका कार्यक्रमहरु गरिरहेको प्रचार विभाग प्रमुख बडालले बताउनुभयो । आगामी असोज ३ गते संबिधान दिवसको दिन दार्चुलाका सबै ६१ वटै वडामा वडा अधिवेसन सम्पन्न गर्ने निर्णय गरिएको छ । अधिवेसन सम्मका लागि कार्य योजना पारित गरेर अपानी जारी गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । अन्तर पार्टी निर्देशन मार्फत राजनीतिक अभियान, पार्टी निर्माण र सामाजिक, आर्थिक रुपान्तरणको अभियानमा प्रभावकारी ढंगले कृयाशिल एबं एकताबद्ध हुँदै अगाडी बढन जिल्ला भित्रका सबै पार्टी कमिटीलाई निर्देशन समेत गरिएको जोशीले बताउनुभयो । बैठकमा नेताहरुले आ आफ्नो क्षेत्रको पार्टी कामको रिपोर्टिङ गर्नुभएको थियो । केन्द्रीय कमिटीले पठाएको अन्तर पार्टी निर्देशन (अपानी) बैठकमा प्रस्तुत गरिएको थियो । केन्द्रीय कमिटीबाट जारी विधान संशोधन प्रस्ताव माथि छलफल गरि आएका सुझाब प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीमा पठाउने निर्णय समेत गरिएको नेकपा एमाले दार्चुलाका जिल्ला कमिटी सदस्य हिरासिंह धामीले बताउनुभयो ।

नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित जिल्ला कमिटी बैठकमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्रसिह रावल प्रमुख अतिथि रहनुभएको थियो । बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पठान सिह बोहरा, दुर्गा धामी र हरदेब जोशी, नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउँद लगायतको आतिथ्यता रहेको थियो ।

सायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

*नोट शैल्यशिखर नगरपालिकाबाट वडा नम्बर १ का रमेश बोहरा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?