दार्चुला । बिहीबार भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँध खोलिने भएको छ। एनएचपिसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार भदौ १० गते बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म ‘सिफ्ट फ्लशिंग’ सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ।
बाँधको ढोका खोलिए पश्चात् महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले तटीए क्षेत्र दार्चुलाको व्यासँ गाउँपालिकाको वडा नम्बर ५ धौउलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको हो।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया