दार्चुला । अफगानिस्तानको काबुल विमानस्थलमा अझै १० हजार नागरिक उद्धारको पखाईमा रहेका छन् । विमानस्थलमा भेला भएर बसेका उनीहरुलाई सुरक्षित रुपमा उद्धार गर्ने प्रयासमा रहेको अमेरिकाले जनाएको छ ।
अमेरिकी अधिकारी मेजर जनरल हेक टेलरले उद्धारको पर्खाइमा रहेका सबैलाई सुरक्षित त्यहाँबाट बाहिर निकाल्न आफूहरु केन्द्रित भएको बताउनु भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले जति सक्दो छिटो काबुल विमानस्थलमा रहेकाको उद्धार गर्ने जनाएको छ ।
अगस्ट अन्तिम पछि भने सैन्य टुकडी विमानस्थलमा छोडिदिने र त्यसपछिको जिम्मेवारी अमेरिकाको नहुने रक्षा मन्त्रालयको भनाइ छ । अमेरिकाको अभियान सकिए पछि तालिबानले यसको जिम्मेवारी लिनु पर्ने पनि अमेरिकाले जनाएको छ । अमेरिकाले अगस्ट ३१ तारिखसम्म उद्धार अभियान सञ्चालन गर्न पाउने छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया