दार्चुला । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले मान्यता पाएपछि एमाले बैठक बस्न लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आज दिउँसा १२ बजे बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ । १० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएपछि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ । कार्यालय सचिव तामाङका अनुसार पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने, १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन बारे बैठकमा छलफल हुनेछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया