महाकाली लोकमार्ग आशिंक सुचारु, ठूला सवारीसाधन पास हुन अझै केहि दिन लाग्ने

दार्चुला । दार्चुला सदरमुकाम खलंगालाई तराई तथा प्रदेश र संघीय राजधानीसंग जोड्ने एक मात्रै सडक महाकाली लोकमार्ग दश दिनदेखि अवरुद्ध बनेको छ । भाद्र २ गते महाकाली नगरपालिका–९ बेतको चुन्या भिरमा पहिरो खस्दा बस, ट्रक लगायतका सवारी साधानहरु सदरमुकाम खलंगाबाट बाहिर जान तथा भित्रिन सकिरहेका छैनन् । विहिबारदेखि साना सवारी साधनहरुलाई भने पास दिन थालिएको र ठूला सवारी साधनलाई पास दिन अझै केहि दिन लाग्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुदाँ बसको यात्रा गरि तराईका जिल्ला तथा काठमाण्डौ जाने यात्रुहरु खलंगाबाट चुन्या भिरसम्म जीपमा जाने र पहिरो भन्दा परबाट बसमा जाने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सडक अवरुद्ध हुदाँ खलंगा बजारमा खाद्यान्न तथा ग्यास लगायत दैनिक उपभोग्य सामान आयातमा समस्या भएको छ । दत्तुसम्म आएको सामान बोकेर पहिरो वारी ल्याई अन्य सवारी साधनमा सारेर ल्याउनुपर्ने अवस्था रहेको छ । खलंगामा रहेका बस र ट्रकहरु एक हप्तादेखि खलंगामै रोकेर राखिएको यातायात व्यवसायीहरुले बताएका छन । सडक अवरुद्ध हुदाँ आन्तरिक सवारी साधन तथा जिल्ला बाहिर चल्ने सवारी साधनहरु प्रभावित बनेका छन् । सडक चौडा बनाई खुलाउने प्रयास भइरहेको छ ।

कडा चट्टनी भुभाग रहेको उक्त स्थानमा भिर काट्न निकै ढिलाइ भइरहेको प्रहरी निरीक्षक पुष्कर ऐरीले बताउनुभयो । जिलेटिज अभावमा स्काइभेटर मेसिनबाट ब्रेकर प्रयोग गरेर भिर फुटाउने काम भइरहेको छ । चुने भिरमा सडक पूर्ण रुपमा सञ्चालन गर्न अझै केहि दिन लाग्ने बताइएको छ ।

सडक डिभिजन कार्यालय पाटन बैतडीले सडक निर्माणको क्रममा फलिएका ढुगांहरु हटाएपछि विहिबारदेखि साना सवारी साधन अर्थात दुई पाग्रे र एम्बुलेन्स, जीपहरुले पास पाउन थालेका छन् । सडक डिभिजन कार्यालयको मेसिनले ठुला सवारी साधनहरु समेत संचालन हुने गरी सडक निर्माण गरिरहेको छ । सो क्षेत्रको ८ मिटर लम्बाई सडक भासिएर तीन चार मिटर मात्रै बाकी रहेकोले बस र ट्रकहरु सञ्चालनमा समस्या भएको थियो । मेसनरी बाल भत्किएपछि सडक माथिको भिर काटेर सडक चौडा पार्ने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?