मनोजसिंह धामी, नेपालगंज बाँके । महिला लघुवित्त वित्तिय संस्थाका कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सरकारले लघुवित्त क्षेत्रलाई आफ्नो व्यावसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताउनुभएको छ । आज कृषी टिभी एचडीलाई अन्र्तवार्ता दिनुहुदै कार्यकारी अघिकृत न्यौपानेले राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा नलिएसम्म लघुवित्त क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताउनुभयो ।
देशमा लगानीमैत्री वातावरण बनाउन, लघुवित्त क्षेत्रलाई कृषी क्षेत्रमा लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न राज्यले लघुवित्त क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । “राज्यले लघुवित्त क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भएपनि लघुवित्त क्षेत्रको लगानीको प्रतिफल आउन सक्दैन” उहाँले नेपालमा पुँजीको अभाव भएर नभइ अग्रसरताको अभावमा लगानी बढ्न नसकेको बताउनुभयो ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान अझै ३० प्रतिशतको हाराहारीमा छ । कृषिमा आधारित धेरैजसो जनता वित्तीय सेवाबाट बञ्चित नै छन् । वित्तीय सेवाबाट बञ्चित रहेका जनतालाई स्थानीय स्तरमा कृषि व्यवसायको कुन क्षेत्रमा सम्भावना छ । त्यसका आधारमा लघुकर्जा प्रदान गरी सम्भाव्यताका आधारमा लघुवित्त मार्फत उन्नत धान खेती, तरकारी खेती, माछापालन, मासुजन्य पशुपालन, दूधजन्य पशुपालन, निर्यातजन्य चिया तथा अलैंचीजस्ता उच्च सम्भावना भएका खेतीलाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो । लघुवित्त बैंकहबाट प्दान गरिने कर्जाहरुबाट गरिब बिपन्न बर्गको जीवनूस्तरमा परिवर्तन आउनुका साथ साथै नेपालको अर्थतन्त्रमा समेत सुधार भई नेपालमा रोजगारीका थुप्रै सम्भावनाहरु हुने बताउनुभयो।
संस्थाले प्रदान गर्ने प्रत्येक कर्जाहरुको लघुबीमा मार्फत व्यवसायलाई सुरक्षित गरी संस्थाको लगानी तथा सेवाग्राहीलाई सुुरक्षित पार्न कामलाई अझै बिस्तार गर्दै जाने बिषयमा आवश्यक रणनीति बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र प्राप्त महिला लघुवित्त वित्तीय संस्थाले थोरै आयआर्जन भएका र प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा दिदै आएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया