दार्चुलामा भदौ २२ गते वडा र २७ गते पालिका अधिवेशन गर्दै काग्रेश, तयारी तिब्र

दार्चुला । नेपाली काग्रेस दार्चुलाले आगामी असोज ५ गते हुने सातौ जिल्ला अधिवेशनको तयारी तिव्र पारेको छ । काग्रेश दार्चुलाका सभापति ललितसिंह बोहराको अध्यक्षतामा दार्चुला सदरमुकाम खलंगामा दुई दिनसम्म बसेको बैठकले अधिवेशन सम्पन्न गर्न ५०१ सदस्यिय अधिवेशस मूल व्यवस्थापन समिति गठन गरिएको काग्रेश दार्चुलाका सचिव हरक सिंह बिष्टले जानकारी दिनुभयो ।

मूल व्यवस्थापन समितिमा पार्टीका सबै पदाधिकारी, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य, भातृ संगठनका प्रमुख लगायत सदस्य रहेका छन् । यसैगरी पार्टी प्रवक्ता माधवप्रसाद भट्टको संयोजकत्वमा प्रचारप्रसार समिति र कोषाध्यक्ष मोहनदेव पन्तको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयार गर्न पार्टी सचिवद्धय हरक सिंह बिष्ट र गोबर्धन कोलीलाई जिम्मेवारी दिइएको छ । जिल्ला कार्यसमिति सदस्य दानसिंह तिकंरीको संयोजकत्वमा स्वयंसेवक परिचालन तथा मञ्च व्यवस्थापन समिति र महाकाली नगरसभापती जयदेब जोशीको नेतृत्वमा भोजन व्यवस्थापन समिति चयन गरिएको छ ।

काग्रेसले आगामी भदौ २२ गते जिल्लाका ६१ वटै वडाका केन्द्रमा वडाअधिवेशन गर्ने जनाएको छ । भदौ १८ गते वडा अधिवेशन गर्न आवश्यक तयारी नपुगेको भन्दै २२ गते एकसाथ जिल्लाका सबै वडामा अधिवेसन गर्ने निर्णय भएको काग्रेश दार्चुलाले जनाएको छ । पालिका अधिवेशन भदौ २७ गते गरिने काग्रेस दार्चुलाका सचिव विष्टले बताउनुभयो । प्रदेशसभा क्षेत्रको अधिवेसन असोज १ गते गर्ने तयारी छ । प्रदेश सभा क्षेत्र नम्बर १ को अधिवेशन खलंगा र २ को गोकुलेश्वरमा गर्ने निर्णय भएको काग्रेश दार्चुलाले जनाएको छ ।

सायद ६ जना मानिसहरू, उभिएका मानिसहरू तथा  बसिरहेका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?