खोलाले कार बगाउँदा चार जनाको ज्यान गयो

दार्चुला । दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चारै जनाको ज्यान गएको छ । यसअघि दुई जनाको शव भेटिएको थियो भने दुई जना हराइरहेका थिए । बाढीमा बेपत्ता भएका अर्का दुई जनाको पनि केहीबेर अघि शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको हो ।

भारतसँगको नाका रुपैडियाबाट किनमेल गरेर फर्कँदै गर्दा गएराति प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो । बाढीले कार बगाउँदा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका(१६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ कुँवर ज्यान गएको हो ।

यस्तै कारमा रहेका घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको पनि ज्यान गएको छ । कार चालकलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । चालक घोराही(१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको छ । पुनको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?