पोखरामा पहिरोले पुरिएर ३ जनाको मृत्यु, १ बालक बेपत्ता, ५ घाइते

दार्चुला । पोखराका विभिन्न स्थानमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । १ बालक बेपत्ता भएका छन् भने ५ घाइते भएका छन ।

कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् ।

यसैगरी पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले बताउनुभयो । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि डिस्चार्ज भएकी छन । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरी मामाको घरमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखरा–११ बसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरीश घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?