कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि, नयाँ गुट थपिँदै

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो। वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहसम्मै सक्रिय भएका हुन् । केहि जिल्लामा आज वडा अधिबेसन शुरु हुन लागेको भएपनि तयारी नपुगेको भन्दै दार्चुलामा वडा अधिबेसन भदौ २२ गते गर्ने काग्रेशको तयारी छ । बैतडीमा २१ गते वडा अधिबेसन गर्ने तय भएको छ ।

सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक(फरक हुने भएको छ । एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि काठमाण्डौसहित दुई दर्जनभन्दा धेरै जिल्लामा आज अधिवेशन नहुने भएको छ । २१ जिल्लामा सदस्यता विवाद अझै टुङ्गिसकेको छैन । भदौ २७ मा गाउँ/नगर सभा हुने भएकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने हुन्छ ।

वडा अधिवेशनको अघिल्लो दिन हिजो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहबाट सभापतिका लागि एक मात्रै उम्मेदवार हुने घोषणा गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नो समर्थनलाई बलियो बनाउन सबै जिल्लामा आफू निकट केन्द्रीय नेताहरुलाई खटाउनुभएको छ । क्रियाशील सदस्य मतदाता रहने वडा अधिवेशनले १५ देखि ७५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्छ ।

यसैबीच नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा यो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ । कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ ।

अहिलेको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा वडामा यो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरिएको हो ।

यसैबिच मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ । १२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।

१४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ । देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ । यो समाचारनेपाल समाचारपत्रदैनिकमा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?